काठमाडौं – दैलेखको गुराँस गाउँपालिका–१ काफलतोलीमा भएको जिप दुर्घटनामा घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ। यससँगै दुर्घटनामा मृत्यु हुनेको संख्या दुई पुगेको छ । मृत्यु हुनेमा कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका–७ का २२ वर्षीय जिप चालक योगेश सिम्खडा र सोही गाउँपालिका–६ का ४१ वर्षीय यात्रु रने सार्की रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार दुवै जनाको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको हो ।कालीकोटबाट विषादी सेवन गरेका बिरामीलाई उपचारका लागि सुर्खेततर्फ ल्याउँदै गरेको कर्णाली प्रदेश ०२–००१ च १२१५ नम्बरको बोलेरो जिप सोमबार काफलतोलीमा दुर्घटना भएको थिए । दुर्घटनामा घाइते भएका १८ वर्षीय गंग सार्की, २१ वर्षीय तपेन्द्र सिम्खडा, जादुकला सार्की र २७ वर्षीय कैसी सार्कीको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
।






















