images
images
  • तीन दिनमै पुनर्निर्माण भयो स्याफ्रुबेँसीको बाढीले बगाएको पुल

    काठमाडौं – गत भदौ १० गते आएको बाढीका कारण क्षतिग्रस्त रसुवाको स्याफ्रुबेँसीस्थित पुल पुनर्निर्माणपछि पुनः सञ्चालनमा आएको छ । विभिन्न सरकारी निकाय, सुरक्षा निकाय र स्थानीय समुदायको संयुक्त श्रमदानमा तीन दिनमै पुल पुनर्निर्माण गरिएको हो ।

    नेपाल रेडक्रस सोसाइटी, गोसाइँकुण्ड तथा आमाछोदिङमो गाउँपालिकाका वडा प्रतिनिधि र कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीय बासिन्दाको सहभागितामा पुल निर्माण सम्पन्न भएको हो ।

    पुल पुनर्निर्माणका लागि आवश्यक सामग्री र मिस्त्रीको ज्याला नेपाल रेडक्रस सोसाइटीले उपलब्ध गराउने जनाएको छ। सामूहिक श्रमदान र सहकार्यबाट छोटो समयमै पुल सञ्चालनमा ल्याउन सम्भव भएको हो । नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य शारदाकुमार न्यौपानेले विपद्को कठिन घडीमा सबै पक्षबीच भएको एकता, सहकार्य र सामूहिक प्रयास उदाहरणीय रहेको बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images