images
images
  • कोप–३१ मा नेपाल पेभिलियन उद्घाटन, हिमाली क्षेत्रमा जलवायु जोखिमबारे नेपालको चिन्ता

    काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले तुर्किये ९टर्की० को आन्ताल्यामा सुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) मा नेपाल पेभिलियन उद्घाटन गरेको छ । नेपालको जलवायु महत्वाकाङ्क्षा, जैविक विविधता संरक्षणमा हासिल उपलब्धि तथा समुदायस्तरमा सञ्चालन भइरहेका जलवायु अनुकूलनका प्रयास अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्ने उद्देश्यले पेभिलियन स्थापना गरिएको हो ।

    पेभिलियन उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री खनालले संवेदनशील हिमाली पारिस्थितिक प्रणालीले सामना गरिरहेका जलवायुजन्य जोखिम र चुनौतीप्रति अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराए । उनले हिमाली क्षेत्रमा हिउँ, हिमनदी तथा जमेको पानीको प्रणाली (क्रायोस्फियर) मा देखिँदै गएको परिवर्तनले गम्भीर जोखिम निम्त्याइरहेको बताए ।

    हालै जलवायु परिवर्तनका कारण भएको विनाशकारी भोटेकोशी विपद्लाई ‘हिमालयन सुनामी’को संज्ञा दिँदै मन्त्री खनालले नेपालजस्ता जलवायु परिवर्तनको अग्रपङ्क्तिमा रहेका मुलुकले असमानुपातिक रूपमा ठूलो जोखिम र क्षति व्यहोर्नुपरेको उल्लेख गरे ।

    जलवायु न्याय सुनिश्चित गर्न, हानि तथा क्षति कोषमा प्रभावित मुलुकको सहज पहुँच स्थापित गर्न र हिमाली क्षेत्रको उत्थानशीलता अभिवृद्धि गर्न अन्तर्राष्ट्रिय साझेदारी तथा सहकार्य आवश्यक रहेकोमा उनले जोड दिए । हिमाली क्षेत्रको संरक्षणसँगै तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने समुदायको सुरक्षा पनि उत्तिकै महत्त्वपूर्ण रहेको उल्लेख गर्दै मन्त्री खनालले जलवायु परिवर्तनका चुनौती सामना गर्न विश्वव्यापी सहकार्य अपरिहार्य रहेको बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images