images
images
  • गाईपूजाले सहअस्तित्व र संरक्षणको चेतना दिन्छः ओली

    काठमाडौं – नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गाईपूजाले मानव र प्राणी जगत्बीचको सहअस्तित्व, कृतज्ञता तथा संरक्षणको सांस्कृतिक चेतना अभिवृद्धि गर्ने बताएको छ ।

    यमपञ्चकअन्तर्गत गाईतिहारका अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले वैदिक परम्परादेखि नेपाली लोकजीवनसम्म गाईलाई मातृत्व, करुणा, पोषण र समृद्धिको प्रतीकका रूपमा श्रद्धा गरिँदै आएको उल्लेख गरेको छ । गाईपूजा धार्मिक आस्थामा मात्र सीमित नरही जीव र प्रकृतिसँगको आत्मीय सम्बन्ध तथा पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको सभ्यताको स्मृतिसमेत भएको उनको भनाइ छ ।

    गाईपूजा मानव तथा प्राणी जगत्बीचको सहअस्तित्वलाई आत्मसात् गर्ने सांस्कृतिक अनुष्ठान भएको उल्लेख गर्दै अध्यक्ष ओलीले गाईपूजा तथा तिहारका अवसरमा सबै नेपालीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images