काठमाडौं– अमेरिकाको नयाँ संसद् सदस्यहरूले जनवरीदेखि आफ्नो काम सुरु गर्नेछन् । उनीहरूले जिम्मेवारी ग्रहण गरेलगत्तै अमेरिकामा एउटा नयाँ इतिहास कायम हुनेछ । सबैभन्दा धेरै महिला सांसद एकै पटक संसद् प्रवेश गरेको नयाँ इतिहास कायम हुने भएको हो ।
अबको संसद्मा काङ्ग्रेस र सिनेट समेत गरी दुवै दलबाट १५९ जना महिला संसद्मा हुनेछन् । अहिलेको संसद्को तुलनामा यो ७ जना बढीको सङ्ख्या हो ।
यो संसद् इतिहासकै समावेशी पनि छ । पहिलो आदिवासी अमेरिकी महिला पनि यस पटक सिनेटर भएकी छन् । कोलोराडोबाट प्रतिनिधिसभामा पहिलो पटक अश्वेत महिला सांसद भएकी छन् । नेब्रास्काबाट पहिलो पटक हिस्पानिकले सफलता पाएका छन् ।
जनवरीबाट सुरु हुने १२० औं कांग्रेसमा ३० प्रतिशतले महिलाहरूको बुद्धि भएको छ । यो सङ्ख्या पुरुषको तुलनामा अझै १०० कम हो । सिनेटमा भने पहिलो सदस्य कम भएको छ । यसरी संसद् सदस्यमा महिलाको बाक्लो उपस्थितिको कारण कांग्रेसमा डेमोक्रेट महिलाको उपस्थिति हो ।
संसद्मा मात्र होइन गभर्नरको रूपमा पनि महिलाको उपस्थिति यत्तिकै सशक्त छ । १७ जना महिला गभर्नर निर्वाचित भएका छन् । जर्जियाकी केनसी लान्स बटम पहिलो अश्वेत महिला गभर्नर पनि हुन् ।
एमिली लिस्टकी प्रमुख जेसिका म्याकलर यसलाई महिला सशक्तीकरणको नयाँ अध्याय भन्न रुचाउँछिन् । सन् १९८५ मा गर्भपतनको पक्षमा वकालत गर्ने महिला डेमोक्रेट विजयीलाई साथ दिन एमिली लिस्टको स्थापना भएको हो । म्याकलर यसलाई सङ्ख्याको रूपमा मात्र व्याख्या गर्नुभन्दा पनि नयाँ पुस्तामा धेरै कुरा हस्तान्तरण भएको भन्न रुचाउँछिन् ।
अमेरिकाको इतिहासमा डेमोक्रेटले महिलालाई धेरै प्राथमिकता दिएको छ । सन् २०१६ र सन् २०२४ मा दुई पटक महिलालाई राष्ट्रपति पदमा उम्मेदवार पनि बनाएको थियो । भलै दुवै निर्वाचनमा उनीहरू पराजित किन नहोऊन् ।
सन् २०१८ देखि डेमोक्रेटको तर्फबाट अमेरिकी संसद्मा प्रतिनिधित्व गर्ने महिलाको सङ्ख्या बढिरहेको छ । जर्ज टाउन विश्वविद्यालयका प्रमुख माइकल स्वर्स महिलाले पाएको प्राथमिकता र यस निर्वाचनमा पाएको सफलता पनि एकापसमा सम्बन्धित भएको बताउँछन् ।
उनले महिलाको लागि राम्रो राजनीति भएको वर्ष महिलाको लागि पनि राम्रो भएको प्रतिक्रिया दिएका छन् ।






















