images
images
  • चीनको कच्चा तेल आयात मार्चयताकै उच्च

    काठमाडौं– इरानमाथिको युद्धका कारण मध्यपूर्वबाट तेल आपूर्तिमा अवरोध उत्पन्न भए पनि चीनले अक्टोबरमा कच्चा तेल आयात बढाएको छ । सरकारी तथ्याङ्कअनुसार अक्टोबरमा चीनको कच्चा तेल आयात यस वर्षको मार्चयताकै उच्च विन्दुमा पुगेको हो ।

    विश्वकै सबैभन्दा ठूलो तेल आयातकर्ता चीनले अक्टोबरमा ४ करोड १९ लाख ४० हजार मेट्रिक टन कच्चा तेल आयात गरेको छ । यो दैनिक ९८ लाख ८० हजार ब्यारेल हो ।

    चीनको भन्सार विभागको तथ्याङ्कअनुसार सेप्टेम्बरको तुलनामा अक्टोबरमा दैनिक तेल आयात ९.४ प्रतिशतले बढेको छ ।

    यद्यपि अघिल्लो वर्षको सोही अवधिको तुलनामा अक्टोबरको आयात १३.३ प्रतिशतले कम हो ।

    त्यस्तै यस वर्षको पहिलो १० महिनामा चीनले कुल ३९ करोड ९९ लाख मेट्रिक टन कच्चा तेल आयात गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १५.१ प्रतिशतले कम हो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images