images
images
  • बर्दियामा वनमौरीले टोकेर एकको मृत्यु

    बर्दिया- वनमौरीले टोकेर बर्दियामा एक पुरुषको ज्यान गएको छ । घरकै सिलिङमा रहेको वनमौरीको टोकाइबाट ठाकुरबाबा नगरपालिका–४ खैलार निवासी ४३ वर्षीय वीरबहादुर थारुको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको हो ।

    जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक रेशम बोहराले कार्तिक २४ गते दिउँसो करिब १ः०० बजे वनमौरीले टोकेपछि बेहोस भएका थारुलाई उपचारका लागि ठाकुरबाबा नगर अस्पताल पु¥याइएको थियो ।

    उपचारकै क्रममा सोही दिन उनलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक बोहराले जानकारी दिए ।

    थारुको घरको सिलिङमा करिब दुई महिनादेखि पाँचवटा वनमौरीका घार रहेका थिए । मौरीको टोकाइबाट मृत्यु भएका थारुको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल बर्दिया ल्याइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images