images
images
  • अर्को वर्ष आउँदै नयाँ जेम्स बन्ड

    काठमाडौं- जेम्स बन्डको अन्तिम फिल्म ‘नो टाइम टु डाई’ रिलिज भएको ५ वर्ष पूरा भएको छ । यस फिल्मपछि जेम्स बन्ड फेरि फिर्ता हुन धेरै वर्ष लाग्यो । यसबीचमा अहिले जेम्स बन्डको नयाँ सिरिजको लागि कलाकारको खोजी भइरहेको सूचना बाहिर आएको छ ।

    गत महिना अन्तिम स्क्रिन टेस्ट भइसकेको छ । वान नाइट वन्लीका क्यालम टर्नर र स्लो हर्सका कलाकार ज्याक लाउडेनले पनि स्क्रिन टेस्ट दिइसकेका छन् ।

    यो नयाँ संस्करणमा च्यालेन्जरका जोस ओ कर्नर र प्राइम टाइमका स्टार रोबर्ट पेटिन्सन पनि फिल्ममा समावेश हुने तय भइसकेको छ । एक्स मेनका कलाकार निकोलास हाउल्टले पनि यस फिल्ममा समावेश हुने चाहना देखाइसकेका छन् ।

    पप गायक हेरी स्टाइल पनि यस फिल्ममा समावेश हुने भएका छन् । आफ्नो व्यवसायी जीवनमा स्पाइडर म्यानलाई धेरै क्षेत्र र भूमिकामा लैजान सफल निर्देशक एमी पास्कलले यो वर्षको अन्त्यमा सबै कलाकारको टुङ्गो लगाइसक्ने अनुमान छ ।

    डानियल क्रेगले जेम्स बोन्डलाई एउटा चरणमा लगेको कुरा नकार्न मिल्दैन । अहिलेसम्म क्रेगको नो टाइम टु डाइको कमाइ सबैभन्दा धेरै छ । यसको कमाइ ९०० मिलियन अमेरिकी डलरभन्दा बढी छ । अहिले नयाँ स्वरूपमा आउने भएपछि सबैको चासो देखिएको छ ।

    अहिलेसम्म जेम्स बन्डलाई यो स्थानमा लैजाने काम ६ जना अभिनेताले गरे । सियन कोनरी पहिलो जेम्स बन्डका स्टार हुन् । सन् १९६२ को सेक्रेट एजेन्टमा उनी फेरि छाए । क्रेगभन्दा अघि आयरल्यान्डमा जन्मिएका पियर्स ब्रोसननले जेम्स बन्डमा आफूलाई स्थापित गराएका थिए । सन् १९६९ मा अस्ट्रेलियाका जर्ज लाजेन नयाँ जेम्स बन्डको भूमिकामा देखापरेका थिए ।

    यसअघि चार वटा फिल्ममा उपस्थिति जनाएका ब्रोसनान अहिले नयाँ युवा कलाकार छनोटका लागि अन्तर्वार्ता लिने काममा सक्रिय छन् । उनले धेरै युवाहरू प्रतिभाशाली भएको बताएका छन् ।

    अब आउने जेम्स बोन्डको फिल्मको निर्देशन डेनिस भेलेभिउले गर्नेछन् । उनले अबका संस्करण धुवाँदार हुने अपेक्षा राखेको बताएका छन् । फिल्म पारखीहरु नयाँ जेम्स बोन्डलाई पर्खेर बसेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images