images
images
  • उद्योगमन्त्री साह र भारतीय राजदूत दलेलाबीच शिष्टाचार भेट

    काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाबीच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आज भएको भेटमा नेपाल–भारतबीचको द्विपक्षीय व्यापार तथा आर्थिक सम्बन्धलाई थप सुदृढ र विस्तार गर्ने विषयमा विचार आदानप्रदान भएको मन्त्री साहको सचिवालयले जनाएको छ । भेटमा दुई देशबीचको आर्थिक सहकार्य र व्यापारिक सम्बन्धलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images