काठमाडौं – पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा खसेको पहिरो पन्छाएपछि दुईतर्फी यातायात सञ्चालनमा आएको छ । आज बिहान खसेको पहिरोका कारण सडक अवरुद्ध भएपछि नागढुङ्गा–मुग्लिन सडक योजना पश्चिम खण्डले उपकरण परिचालन गरी पहिरो व्यवस्थापन गरेको हो। पहिरो पन्छाएपछि दिउँसो १ः३० बजेदेखि यातायात नियमित भएको सडक योजनाका सूचना अधिकारी सचेन्द्र मिश्रले जानकारी दिए।
उनका अनुसार मुग्लिन र धादिङतर्फबाट छ वटा लोडर, एक्साभेटर र जेसीबी परिचालन गरी पहिरो हटाइएको थियो। सडक सञ्चालनमा आएसँगै अवरुद्ध भएर रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन् । उक्त स्थानमा आइतबार पनि सुक्खा पहिरो खसेर केही समय सडक अवरुद्ध भएको थियो । गएराति करिब १ बजे पुनः पहिरो खसेपछि सडक आवागमन प्रभावित बनेको थियो ।
प्रतिक्रिया दिनुहोस्






















