काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले गाई तिहारका अवसरमा राष्ट्रपति भवन शीतल निवासमा गाईको पूजा गर्नुभएको छ । धनधान्य र समृद्धिकी देवी लक्ष्मीको प्रतीकका रूपमा गाईको पूजा गर्ने परम्पराअनुसार राष्ट्रपति पौडेलले विधिपूर्वक गाईको पूजा गरी खानेकुरा खुवाउनुभएको हो ।
हिन्दू धर्मावलम्बीले तिहारको दोस्रो दिन गाईलाई लक्ष्मीको प्रतीक मानेर पूजा गर्ने र सम्मान प्रकट गर्ने परम्परा छ। गाईलाई समृद्धि, सौभाग्य र धार्मिक आस्थाको प्रतीकका रूपमा लिने गरिन्छ ।
प्रतिक्रिया दिनुहोस्






















