images
images
  • दैलेखमा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते

    काठमाडौं – दैलेखको गुराँस गाउँपालिका–१ काफलतोलीस्थित कर्णाली राजमार्गमा सोमबार बिहान बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।दुर्घटनामा कालीकोटको सान्नीत्रिवेणी गाउँपालिका–७ का ४१ वर्षीय रने सार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक श्रावणकुमार विकका अनुसार विष सेवन गरेकी सोही ठाउँकी २७ वर्षीया कैसी सार्कीलाई उपचारका लागि कालीकोटबाट सुर्खेत लैजाने क्रममा जीप दुर्घटनामा परेको हो । कर्णाली प्रदेश ०२–००१ च १२१५ नम्बरको बोलेरो जीप सडकबाट करिब २०० मिटर तल खसेको थियो ।

    दुर्घटनामा जीप चालक २२ वर्षीय योगेश सिंखडा, १८ वर्षीय गङ्ग सार्की, २१ वर्षीय तपेन्द्र सिंखडा, ३६ वर्षीया जादुकला सार्की र विष सेवन गरेकी कैसी सार्की घाइते भएका छन् । घाइते पाँचै जनाको सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images