images
images
  • पटाका पड्काउँदा घाइते भएका आठ वर्षीय बालकको मृत्यु

    काठमाडौं – पर्साको पकाहामैनपुर गाउँपालिका–२ मधुबनीमा पटाका पड्काउने क्रममा गम्भीर घाइते भएका आठ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय रामगुलाम सहनीका छोरा कुन्दन सहनी रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । प्रहरीका अनुसार सोमबार बिहान करिब ८ बजे घरअगाडि पटाका पड्काउने क्रममा पटाकाको छर्रा लागेर कुन्दनको छातीमा गम्भीर चोट लागेको थियो । उनी घटनास्थलमै बेहोस भएका थिए ।

    घाइते बालकलाई आफन्तले उपचारका लागि वीरगञ्जस्थित तराई अस्पताल पुर्‍याएका थिए । तर, अस्पताल पुर्‍याएको केही समयमै चिकित्सकले बिहान ८ः४५ बजे उनलाई मृत घोषणा गरेका थिए ।जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार पटाकाको छर्रा छातीको बीच भागमा लागेको थियो भने छातीसमेत जलेको पाइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images