काठमाडौं – अर्को महिना आयोजना हुने एपेक सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लाडिमिर पुटिन र चिनिया राष्ट्रपति सी जी पीङसँग भेट गर्ने बताएका छन् ।
सो सम्मेलनको क्रममा इरानसँगको युद्ध अन्त्य र आणविक हतियार निःशस्त्रीकरणका बारे छलफल हुने पनि बताइएको छ । यसरी राष्ट्रपति ट्रम्पले युद्ध विरामका विषय उठान गरे पनि अमेरिकी आक्रमणको असर भने हरेक क्षेत्रमा देखिएको छ । ऊर्जा क्षेत्रमा अमेरिकाले गरेको आक्रमणको असर कुर्दिस क्षेत्रमा देखिएको छ । त्यहाँ मानिसहरू धेरे दिन देखि अँध्यारोमा बसी रहेका छन् ।
ऊर्जा क्षेत्र मात्र होइन स्वास्थ्य क्षेत्रमा पनि अमेरिकाले गरेको आक्रमणको असर इरानमा परेको छ । इरानको खाद्य तथा औषधी प्रशासनले दिएको जानकारी अनुसार अमेरिकी आक्रमणमा परेर १५ वटा औषधी निर्माण कम्पनी नास भएका छन् । तासलिम न्युज एजेन्सी अनुसार ७०० अत्यावश्यक औषधी मध्य अहिले ३७ वटाको पूर्ण अभाव छ । इरानी विदेश मन्त्री अब्बास अराग्चीले अमेरिकाले चोरेका गर गहना फिर्ता , नाकाबन्दी बन्द, आक्रमण बन्द लगायत माग पुरा नभए युद्ध विराम नहुने बताउँदै आएका छन् । स्ट्रेट अफ हरमाउजका विषयमा त्यहाँका पानीका सुरक्षाका विषय महत्त्वपूर्ण भएको बताएका छन् ।
इरानले अमेरिकाले युद्ध विरामको कुरा गरे पनि कुनै पनि रात आक्रमण गर्न बाँकी राखेको जनाएको छ । यसरी सबै भन्दा धेरै आक्रमण हुने क्षेत्र क्सेसमे टापु पनि हो ।
अहिले अमेरिकी इजरायल गठबन्धनले देखिने गरी ठुलो युद्ध छेडेको छैन । र, पूर्ण रूपमा नाकाबन्दी लगाएको छ । इरानको उत्पादन र बजारलाई ठक्क पार्ने नीति लिएको छ । साथै महत्त्वपूर्ण संरचना बाँकी नराख्ने नीति लिएको छ ।
इरानका बाटा हुँदै यात्रा गर्ने सवालमा सुरक्षाको ग्यारेन्टी हुने कुरामा जोड दिएको बताएका छन् । इरानले लगातार आफ्नो प्रतिबद्धतामा अडिग रहेन बताउँदै आएका छन् । इरानले समझदारीमा पुग्नका लागि वार्ताको मध्यस्थ गरी रहेको पाकिस्तान र कुवेतसँग पनि निरन्तर संवाद अगाडी बढाएको छ । इरानले पाकिस्तानको भूमिका यस समयमा मध्यस्थ गर्न मात्र नभई दुई देशको बिचमा दीर्घकालीन सम्बन्धको विकास गर्न समेत महतपूर्ण भएको बताएका छन् ।






















