images
images
  • चुनावका लागि सबै दललाई सरकारमा आउन प्रधानमन्त्री ओलीको आह्वान


    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार सार्वजनिक सम्बोधन गर्दै सबै दललाई सरकारमा आउन आह्वान गरेका छन ।

    उनले आवधिक निर्वाचनमार्फत जनताले विश्वास गरेको दललाई जिताउने उल्लेख गर्दै निर्वाचनलाई प्रतिगमन भन्नु जनताप्रति अविश्वास गर्नु रहेको बताए।

    उनले भने-‘आफू जित्छु भनेर होइन, लोकतान्त्रिक पद्धतिलाई ध्यानमा राखेर निर्वाचनमा जाने निर्णय गरेका हौँ।’

    उनले निर्वाचन निष्पक्ष हुनेमा ढुक्क हुन आग्रह गर्दै यति यसमा विश्वास नभए सबै दललाई सरकारमा आउन आह्वान पनि गरेका छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images