काठमाडौं- काठमाडौंको कलंकीमा एक जना महिलाको हत्या भएको छ।
शनिबार फुटपाथमा तरकारी बेच्ने अन्दाजी ३७ वर्षीय मेनुका उप्रेतीको ढुंगाले हानेर हत्या भएको प्रहरी वृत्त कालिमाटीका प्रहरी नायब उपरीक्षक अनिल घिमिरेले जानकारी दिए।
बिहान करिब ८ बजेतिर टाउकोमा ढुंगा हानेर गम्भीर घाइते भएकी उप्रेतीलाई तत्काल उपचारका लागि नेपाल नेशनल अस्पताल लगिएकोमा त्यही उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीले हत्या आरोपमा एक जना पुरूषलाई पक्राउ गरेको छ। उनलाई प्रहरी वृत्त कालिमाटीले पक्राउ गरेको हो। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्























