images
images
  • एमालेद्धारा पोखरा नगरसभा बहिष्कार, च्यात्यो रातो किताब

    काठमाण्डौै – पोखरा महानगरपालिकामा शुक्रबार आगामी वर्षका लागि बजेट ल्याउँने जनाएको छ । सभागृहमा ४ बजे सुरु भएको बैठकमा एमालेका सदस्यहरुले विरोध गरेका हुन् । बैठकमा एमाले उठेर विरोध जनाएको थियो ।

    दलको नेता राधिका शाहीले रातो किताब बजेट अघि नै आएकोमा बिरोध जनाएकी हुन् । त्यसपछि नाराबाजी सुरु भएको थियो । बजेट निर्माणमा हामीसँग छलफल र समन्वय भएको छैन, उनले भनिन्, रातो किताब कसरी आयो आजै ?

    उनले बिरोध जनाएपछि बैठक स्थगित भएको छ । मेयर धनराज आचार्यले भने, रातो किताब नभई ड्राफ्ट मात्र बनाएको बताए । यो रातो किताब हैन, ड्राफ्ट हो । छलफल पछि मात्र पास हुन्छ, उनले भने ।

    शाहीले रातो किताब च्यातिदिएकी छिन् । अहिले सभागृह अगाडि नाराबाजी चलिरहेको जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images