काठमाडौं- सरकारले पेट्रोलियम पदार्थको मुल्य बढाएको विरोधमा नेकपा एमालेनिकट युवा संघले राँके जुलुस निकालेको छ।
नयाँ बानेश्वरस्थित एभरेस्ट होटल अगाडिबाट सुरु भएको राँके जुलुस माइतिघरतर्फ अगाडि बढेको थियो। यसक्रममा सरकारी गाडीमा समेत तोडफोड भएको छ।
यसले नयाँ बानेश्रर-माइतिघर सडक खन्डको सवारी आवागमन पनि प्रभावित भएको छ। नेपाल आयल निगमले यसै साता प्रति लिटर पेट्रोलमा २१ रुपैयाँ मुल्य बढाएको थियो। डिजेलमा पनि प्रति लिटर २७ रुपैयाँ बढाइएको छ।
त्यसबाहेक खाद्यान्नलगायत अत्यावश्यक वस्तुहरुको पनि मुल्य वृद्धी र अर्थमन्त्रीले बजेटमा सेटिङ गरेको भन्दै युवा संघले देशव्यापीरुपमा विरोध प्रदर्शन गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्























