images
images
  • मधेसको अवैध धन्दामा संलग्न प्रहरी अधिकृत, निरीक्षक कुर्मी बर्खास्त

    काठमाडौं- मधेसमा दर्जनौं प्रहरी अधिकृत विभिन्न शक्तिकेन्द्रको आडमा अवैध धन्दामा संलग्न छन् ।

    गृह मन्त्रालयले प्रहरी निरीक्षक राजु कुर्मीलाई पदबाट बर्खास्त गरेको छ । मधेसमा अपराधिक गतिविधिमा संलग्न इन्सपेक्टर कुर्मी बुधबार बर्खास्तीमा परे ।

    प्रहरी महानिरीक्षकसहितका विभिन्न प्रहरी कर्मचारीविरुद्ध बेनामे उजुरी हाल्ने कुर्मीलाई गृह मन्त्रालयले प्रहरी प्रधानकार्यालयको सिफारिसमा बर्खास्त गरेको हो ।

    मन्त्रालयले उनलाई बर्खास्त गरेको पत्र बुधबार प्रधानकार्यालय नक्साल पठाएको छ । कुर्मीलाई ‘भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने’ गरी बर्खास्त गरिएको मन्त्रालयले जनाएको छ । आफ्नै संगठनविरुद्ध ‘गतिविधि गरेको’ भन्दै उनलाई बर्खास्त गर्न सिफारिस गरिएको थियो ।

    उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय बर्दिवासमा रहँदा आर्थिक अनियमितता गरेकोसमेत आरोप थियो ।

    चोरलाई सइले भगाए, डिआइजीले गरे संरक्षण
    कुर्मीजस्तै मधेसमा दर्जनौं प्रहरी अधिकृत छन्, जो विभिन्न शक्तिकेन्द्रको आडमा अवैध धन्दामा संलग्न छन् ।

    त्यसमध्ये एक हुन् बाराको प्रहरी पथलैया प्रहरी चौकीका तत्कालिन इन्चार्ज सई राधेमोहन कुशवाहा । उनले चोरलाई पक्राउ गरेर पनि छाडेको खुलेको छ । उनीविरुद्ध जाहेरी परेपनि मेधस प्रदेशका प्रमुख डिआइजी मसाउद आलम खाँले जोगाएपछि स्थानीय आक्रोशित भएका छन् ।

    dig and 1

    सर्लाहीको लालबन्दीमा रहेको बरकाती फ्युल सेन्टरबाट नगद र मोबाइल चोरी गर्ने चोरलाई भगाएपछि फ्युल सेन्टरकका संचालक जाकी अहमदले जिल्ला प्रहरी कार्यालय बारामा सई राधेमोहन कुसवाहालाई कारबाहीको माग गर्दै २०७९ बैशाख ९ गते लिखित जाहेरी समेत दिएका छन् । तर, कुसवाहलाई अझै कारबाही हुन सकेको छैन ।

    २०७८ पुस ३० गते सर्लाहीको लालबन्दीमा रहेको बरकाती फ्यूल सेन्टरबाट तीन लाख ५० हजार नगद र एक थान मोबाइल चोरहरुले चोरी गरी भाग्दै आउँदा पथलैया क्षेत्रमा दुर्घटनामा परेका थिए ।

    jaheri 768x355 1सइ कुसवाहविरुद्ध जाहेरी दिन गएका पीडितहरु

    लालबन्दीबाट पथलैया आउँदै गर्दा दुई जना चोरहरु सवार स्कुटी मोटरसाइकल दुर्घटनामा पर्दा एक चोरको उपचारको क्रममा मृत्यु भएको थियो भने अर्का मकवानपुर जिल्लाको थाहा नगरपालिका ६ का अशोक रुम्बा घाइते भएका थिए ।

    दुर्घटनामा परेका चोरहरुले बोकेको मोबाइल पथलैया प्रहरी चौकीमा अन गर्दा चोरी भएको मोबाइलमा फ्यूल सेन्टर संचालक जकी अहमदले फोन गरेर मोबाइल बोक्नेहरु चोर भएको र आफ्नो ३ लाख ५० हजार नगद , मोबाइलसमेत चोरी गरेर भागेको घटना सुनाएका थिए ।

    aa 576x768 3

     

    प्रतिक्रिया दिनुहोस्

    images
    images