images
images
  • सुर्खेत-दैलेख सडक खण्डमा बोलेर जीप दुर्घटना : एकको मृत्यु, चार जना घाइते

    काठमाडौं- सुर्खेत दैलेख सडक खण्डको कपासे नजिकै बोलेर जीप दुर्घटना भएको छ । वीरेन्द्रनगर नगरपालिका-१४ रातानाङ्गलामा रहेको मौसमी राडरको मर्मतमा सकेर वीरेन्द्रनगरतर्फ फर्किदै गरेको जल तथा मौसम विज्ञान कार्यालय कोहलपुर बाँकेको गाडी कपासेदेखिमाथिको मोडमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

    बा१झ ८७८४ नम्बरको बोलेरो जीपमा सडकबाट करिव २० मिटर तल खसेको सशस्त्र प्रहरी बल रक्तकाली गण बाँगेशीमलका एसपी बिमल डाँगीले जानकारी दिए । उनका अनुसार दुर्घटनामा एक जनाको मृत्यु भए पनि उनको पहिचान खुलेको छैन ।

    दुर्घटनामा चार जना घाइते छन् । उनीहरूको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images