images
images
  • रामेश्वर थापामाथि पक्राई पुर्जी

    बुधबारबाट आन्तरिक उडान सेवा ठप्प पार्ने घोषणा गरेपछि वायुसेवा संचालक संघ (आओन) का अध्यक्ष रामेश्वर थापामाथि पक्राउ पुर्जी जारी हुने भएको छ । यति मात्र नभएर क्यानले बुधबार उडान नगर्ने वायुसेवा कम्पनीहरुको वायुसेवा संचालन अनुमति ९एओसी० समेत खारेज गर्ने बताएको छ ।

    नागरिक उड्डयन प्राधिकरण ९क्यान० ले यसका लागि आकस्मिक बैठक बसेर निर्णय गर्ने तयारी गरेको क्यान उच्च स्रोतले जनाएको छ । अत्यावश्यक सेवामा पर्ने हवाई यातायात ठप्प पार्ने आओनले मंगलबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेपछि क्यानले यो कदम चाल्न लागेको बताइएको छ ।

    ’नियमित उडान नै बन्द गर्ने वातावरण सिर्जना गरेको कारण प्राधिकरणको ऐन बमोजिम संघका अध्यक्षलाई पक्राउ पुर्जी जारी गर्न लागिएको जनाइएको छ । उडान नगर्ने कम्पनीको एओसी खारेज गर्ने समेत तयारी भइरहेको स्रोतले जनाएको छ ।

    क्यानले वायुसेवा कम्पनीहरुले आफूले अनुमति लिएको बेसबाटै उडान गर्न अनिवार्य गरेपछि वायुसेवा संचालकहरु यसको विरुद्धमा उत्रिएका छन् । सोही क्रममा आओनले बुधबारबाट सम्पूर्ण आन्तरिक उडान सेवा नै रोक्ने निर्णय सार्वजनिक गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images