images
images
  • बिहे गर्छु भन्दै भेट्न बोलाएर बलात्कार गरेपछी…

    काठमाडौं- प्रहरीले बिहे गर्ने प्रलोभनमा युवतीलाई बलात्कार गरी उनको साथबाट एक लाख र सुनका गरगहना लुटपाट गरी फरार भएका आशिष भन्ने विश्व तामाङलाई पक्राउ गरेको छ ।

    गत २९ जेठ राति काठमाडौंको भोटेबहालस्थित एक गेस्ट हाउसमा तामाङले २४ वर्षीया युवतीलाई पेय पदार्थमा नशालु पदार्थ मिसाई खुवाएर बलात्कार गरेको प्रहरीले जनाएको छ ।

    जबर्जस्ती करणी गरी आफ्नो साथमा रहेको नगद एक लाख, दुई तोला सुन र एउटा मोबाइलसमेत लुटी फरार भएको भन्दै युवतीले २ असारमा प्रहरी बृत्त कालीमाटीमा निवेदन दिएकी थिइन् । सोही उजुरीका आधारमा प्रहरीले तामाङलाई ५ असार राति ११ बजे पक्राउ गरेको हो । हाल उनलाई प्रहरी वृत्त कालीमाटीमा राखिएको छ ।

    प्रहरीले पीडित महिलालाई प्रसुती गृह अस्पतालमा लगी स्वास्थ्य र शारीरिक परीक्षण गराई अनुसन्धान सुरु गरेको जनाएको छ ।

    काभ्रेको तिमाल गाउँपालीका–९ घर भई तामाङ हाल बनेपामा डेरा गरी बस्दै आएका थिए । तामाङविरुद्ध प्रहरीले काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्