images
images
  • संवैधानिक इजलासमा विवाद, आइतबारसम्म सुनुवाइ स्थगित

    काठमाडौं। संवैधानिक इजलास रिटमाथिको शुक्रबारका बहस लागि सकिएको छ ।

    संवैधानिक इजलासमा रिट निवेदक पक्षका वकिल र महान्यायाधिवक्ता रमेश बडालबीच विवाद भएएपछि प्रतिनिधिसभा विघटन र धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनका सन्दर्भमा परेका रिटमाथिको सुनुवाइ स्थगित भएको छ ।

    नेकपा एकता बदर गर्ने न्यायाधीश बमकुमार श्रेष्ठलाई संवैधानिक इजलासमा राखिएको भनेर गोविन्द बन्दी लगायतका कानुन व्यवसायीले आपत्ति जनाएपछि इजलासमा विवाद भएको थियो ।

    प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमाथि संवैधानिक इजलासले शुक्रबारबाट सुनुवाइ थालेको हो । आइतबार बहसले निरन्तरता पाउने छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images