images
images
  • राष्ट्रियसभाध्यक्षसमक्ष डा. देवकोटाबाट तथा गोपनीयताको शपथ


    काठमाडौ । राष्ट्रियसभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनासमक्ष राष्ट्रियसभाका नवनिर्वाचित सदस्य डा खिमलाल देवकोटाले पद तथा गोपनीयताको शपथ लिएको छ ।

    सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा आज आयोजित कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले उनलाई सङ्घीय सांसद्को प्रतीक चिह्नसमेत प्रदान गरे ।

    समारोहमा राष्ट्रियसभा उपाध्यक्ष शशीकला दाहाल र संसद् सचिवालयका महासचिव डा. भरत गौतमलगायतले उहाँको स्वागत गर्दै कार्यकालको सफलताका लागि शुभकामना व्यक्त गरे ।

    वाग्मती प्रदेशमा यही जेठ ६ गते सम्पन्न राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारका रुपमा उनी निर्वाचित भएका थिए ।

    तत्कालीन गृहमन्त्री एवं नेकपा (एमाले)का उम्मेदवार रामबहादुर थापालाई पराजित गर्दै पाँच हजार ८८ मतभार प्राप्त गरी सङ्घीयताविद् डा देवकोटा राष्ट्रियसभा सदस्यमा विजयी भएका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images