
काठमाडौं- शसस्त्र प्रहरी बलका ३७ जना डिएसपी एसपीमा बढुवाका लागि सिफारिसमा परेका छन् । बढुवा समितिले यही असार ५ गते गरेको निर्णय अनुसार बढुवा सिफारिसमा परेकाहरुको नामावली सशस्त्र प्रहरी बलले सार्वजनिक गरेको छ ।
सशस्त्र प्रहरी बलअन्तर्गतको बढुवा समितिको आइतबार मध्यराती सूचना प्रकाशित गर्दै ३७ जना डिएसपीलाई एसपीमा बढुवा सिफारिस गरेको हो ।
एसपीका लागि बढुवा सिफारिस हुनेमध्येमा ज्येष्ठताक्रमको टोप बहादुर डागी पहिलो नम्बरमा छन् ।
त्यसपछि क्रमशः हस्तबहादुर गुरुङ, तुलबहादुर भण्डारी, सुमन थपलिया, जीवन केसी, धिरेन्द्र राज न्यौपाने, देव राज अर्याल, दिनेश मल्ल, उद्धव बहादुर रावल, शिवप्रसाद गैह्रे लगायत छन् ।
बढुवामा चित्त नबुझे ७ दिनभित्र बढुवा उपरको उजुरी सुन्ने समिमितसमक्ष उजुरी दिन सकिने सशस्त्र प्रहरी बलले जनाएको छ ।
यस्तो छ एसपीमा बढुवाका लागि सिफारिस डिएसपीहरुको सूची :
https://bishwokhabar.com/wp-content/uploads/2022/06/APF-DSP-to-SP-Badhuwa-Sifaris-.pdf
प्रतिक्रिया दिनुहोस्