काठमाडौं- पराराष्ट्र मन्त्री नारायण खडकाले अमेरिकन स्टेट पार्टनरसिप प्रोगाम (एसपपी) नेपालको हितमा नभएकाले अघि नबढने बताएका छन् ।
संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले बैठकमा उपस्थित परराष्ट्र मन्त्री खड्काले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) नेपालको हितमा नभएको स्पष्ट पार्दे नेपाललाई स्वीकार्य नभएको बताए ।
“यो नेपालको हितमा छैन, स्वीकार्य पनि छैन,” उनले भने । उनले यसबारेमा प्रधानमन्त्री, गृहमन्त्री र जंगी अड्डाले पनि स्पष्ट पारेकाले थप बहस गर्नुको औचित्य नरहेको बताए ।
“नेपाल भूराजनीतिमा अति संवेदनशील छ, संयुक्त राष्ट्र संघको सदस्य पनि भएकलो यस्ता कुनै पनि प्रकारको सामरिक सैन्य रणनीतिमा जान सक्दैन,” उनले भने, “यसको च्याप्टर क्लोज भयो ।”
संघीय संसदको अन्तर्राष्ट्रिय सबन्ध समितिमा छलफलका लागि पुगेका परराष्ट्र मन्त्रीले खडकाले ‘एसपीपी’को च्याप्टर क्लोज भएको भन्दै कुनै पनि प्रक्रिया अघि नबढने बताएका हुन ।
बैठकमा प्रधानसेनापति प्रभुराम शर्मालगायत छलफलमा छन । बैठक जारी छ। बैठकमा प्रधानसेनापति प्रभुराम शर्मालगायत छलफलमा छन । बैठक जारी छ।























