images
images
  • नेपालमा भेटिए ‘मंकीपक्स’का शङ्कास्पद बिरामी

    काठमाडौँ- नेपालमा पनि ‘मंकीपक्स’ भाइरसको सङ्क्रमणसँग मिल्दोजुल्दो लक्षण भएका बिरामी फेला परेका छन् ।

    काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारमा आएका एक युवकमा मंकीपक्सको सङ्क्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएको हो ।

    दुबईबाट हालै नेपाल आएका ती युवकलाई टेकु अस्पतालमै भर्ना गरेर उपचार गरिरहेको एक चिकित्सकले बताए ।

    अस्पतालको स्रोतका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको हेल्थ डेस्कले दुबईबाट नेपाल आउँदा उनमा ‘मंकीपक्स’ भाइरस सङ्क्रमणको आशङ्का गरेर टेकु पठाएको थियो ।

    प्रतिक्रिया दिनुहोस्

    images
    Bishwokhar.com: News from Nepal
    images