अमेरिकाले विवादमा तानिएको स्टेट पार्टनरसिप प्रोग्राम ९एसपीपी० बारे धारणा सार्वजनिक गरेको छ ।
एमपीपीबारे विभिन्न फोरमदेखि संसदसम्म बहस चर्किएकै बेला केही अनलाइन सञ्चारमाध्यममा प्रकाशित भएका दस्ताबेज असत्य भएको नेपालस्थित अमेरिकी दूतावासले दाबी गरेको हो ।
‘नेपाल र अमेरिकाबीच सैन्य सम्झौता भएको दाबी गर्ने केही अनलाइन सञ्चारमाध्यममा प्रकाशित दस्ताबेज असत्य हो’, नेपालस्थित अमेरिकी दूतावासले मंगलबार ट्वीटरमार्फत भनेको छ, ‘अमेरिकाले कुनै पनि देशलाई स्टेट पार्टनरशिप प्रोग्राममा सामेल हुन भन्दैन । तर कुनै देशबाट त्यसका लागि माग आएको खण्डमा भने त्यस्तो मागको सम्बोधन गर्दछ।’
दूतावासले २५ वर्षभन्दा लामो समयदेखि कायम रहँदै आएको एसपीपीमा ९० भन्दा बढी देशसँग ८० भन्दा बढी साझेदारीहरू समावेश रहेको जनाएको छ । तीमध्ये अधिकांश देशहरू यस क्षेत्रमा नभएको जिकिर गरिएको छ ।
आँधीबेहरीदेखि भूकम्प, बाढी र डढेलोसम्मका प्राकृतिक तथा अन्य विपद्को अवस्थामा एसपीपीमार्फत सहकार्यको सहजीकरण हुने गरेको दूतावासको भनाइ छ ।























