images
images
  • संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ सुरु


    काठमाडौँ । प्रतिनिधिसभा विघटनसम्बन्धी परेका रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको नेतृत्वमा गठित संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको हो ।

    प्रतिनिधिसभा विघटनलगायत विषयमा परेका ३० रिटको सुनुवाइ गर्न प्रधानन्यायाधीश राणाले गठन गरेको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको हो।

    पाँच सदस्यीय संवैधानिक इजलासमा प्रधानन्यायाधीश राणासहित न्यायाधीशहरु दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ छन्।

    संसद विघटनपछि सर्वोच्च अदालतमा विभिन्न पक्षका ३० वटा रिट परेका छन्। निवर्तमान प्रतिनिधिसभाका १४६ सदस्य सहितका २६ रिट निवेदक संसद् पुनःस्थापना गर्नुपर्ने पक्षमा छन्।

    मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत जेठ ८ गते प्रतिनिधिसभा विघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images