images
images
  • कपिलवस्तु जिसस निर्वाचनः सत्तागठबन्धनको मत एमालेलाई !

    काठमाडौं- स्थानीय निर्वाचनमा गठबन्धन गरेर निर्वाचनमा गएका सत्तारुढ ५ दलको कपिलवस्तुमा जिल्ला समन्वय समिति बनाउन स्पष्ट बहुमत थियो । तर नेकपा एमाले नेतृत्वको लोसपा र राप्रपाले बनाएको गठबन्धनले उनीहरुको रणनीतिमा खेलेर त्यो गठबन्धन भत्काएर मत आफ्नो पक्षमा पारेका छन् ।

    एमाले नेतृत्वको गठबन्धनले प्रमुख तथा उपप्रमुख हात पारेपछि कांग्रेस, माओवादी र जसपाबीच आरोप प्रत्यारोप चलेको छ कसले सहयोग गर्यो एमाले नेतृत्वको गठबन्धनलाई भनेर । सामाजिक सन्जालमा तीन दलबीच घातअन्तरघातका विषय छताछुल्ल देखिएका छन् ।

    १० पालिका रहेको जिल्लामा जिससका लागि २० मत रहेकोमा कांग्रेस, माओवादी, जसपाको गठबन्धनमा ११ रहेको थियो भने एमाले, लोसपा र राप्रपाको गठबन्धनमा ९ मत रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images