काठमाडौं- स्वतन्त्र उम्मेदवारको पहिलो राष्ट्रिय भेलामा उपस्थित हुन १५ सय रुपैयाँ तिर्नुपर्ने बताइएको छ। काठमाडौँमा स्वतन्त्र उम्मेदवारको पहिलो राष्ट्रिय भेला १८ र १९ असारमा हुँदै छ।
जसमा सहभागी हुनका लागि असार १० गतेसम्म अनलाइन फारम भर्नुपर्ने बताइएको छ।
सहभागी हुने र सहयोग गर्नेले छुट्टाछुट्टै क्यु आर कोड स्क्यान गर्नुपर्ने आयोजकले बताएको छ।
सहभागी हुन चाहनेले क्यु आर कोडमार्फत पैसा तिर्नुपर्ने आयोजकले जनाएको हो। सोही रकमभित्र रहेर दुई दिनका लागि बिहानको खाजा, दिउँसोको खाना र अपराह्नको चिया खान पाइने उल्लेख छ।
प्रतिक्रिया दिनुहोस्























