images
images
  • धितोपत्र बोर्ड अध्यक्ष हमालको यस्तो छ ४ महिने ‘डेड लाइन’

    काठमाडौं- नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले आगामी चार महिनाभित्र नेपाल स्टक एक्सचेन्जअन्तर्गत साना तथा मझौला कम्पनीहरूका लागि ‘एसएमई प्लेटफर्म’ सञ्चालनमा ल्याउने दाबी गरेका छन् ।

    बोर्डको ३० औं वार्षिकोत्सव समारोहमा बोल्दै हमालले एसएमई प्लेटफर्म निर्माणको समय अवधिकाबारेमा जानकारी गराएका थिए ।

    उनले चार महिनाभित्रै वैदेशिक रोजगारीमा गएका नेपालीलाई प्राथमिक सेयरमा आरक्षणको कोटा छुट्याउने व्यवस्थासमेत लागू हुने बताए । सरकारले बोर्डको सुझावअनुसार यो कार्यक्रम आगामी वर्षको बजेटमा पनि घोषणा गरिसकेको छ ।

    त्यस कार्यक्रममा हमालले बजारको स्तर अभिवृद्धि गर्न आगामी चार महिनाभित्र गैरआवासीय नेपालीलाई पनि सेयर बजार लगानी गर्ने उपयुक्त वातावर बनाउने दाबी गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images