images
images
  • बुधबार सुनको मूल्य स्थिर

    काठमाडौँ- सुनको मूल्य बुधबार स्थिर रहेको छ । मगंलबार प्रतितोला ९७ हजार ५०० रहेको सुनको मूल्य बुधबार पनि सोही भाउमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    तेजाबी सुनको मूल्य भने प्रतितोला ९७ हजार रुपैयाँ निधारर्ण गरिएको छ ।

    त्यस्तै चाँदीको मुल्य भने बुधबार बढेको छ । मगंलबार प्रतितोला एक हजार २७५ रुपैयाँ रहेको चाँदी बुधबार पाँँच रुपैयाँले बढेर एक हजार २८० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images