काठमाडौं- आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले असार १ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । लघुवित्तले असार १ गतेदेखि ६७ लाख रुपैयाँ बराबरको ६७ हजार कित्ता आईपीओ निष्कानश तथा बिक्री खुला गर्ने भएको हो ।
लघुवित्तले प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरका ६७ हजार कित्ता निष्काशन गर्नेछ । जसमध्ये ०.५ प्रतिशत अर्थात १ हजार ३५ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३ हजार ३५० कित्ता सामूहिक लगानी कोषहरुका लागि र बाँकी ६२ हजार ६१५ कित्ता शेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।
लघुवित्तको आईपीओमा लगानीकर्ताले छिटोमा असार ६ गतेसम्म र सो अवधिसम्म पूर्ण आवेदन नपरेमा ढिलोमा असार १५ गतेसम्म आवेदन दिन सकिनेछ । लघुवित्तको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
हाल लघुवित्तको चुक्ता पूँजी १ करोड ४० लाख रुपैयाँ छ । आईपीओ बाँडफाँटपश्चात लघुवित्तको चुक्ता पूँजी २ करोड ७ लाख रुपैयाँ पुग्नेछ ।


विश्व खबर 



















