images
images
  • प्राइम लाइफ इन्स्योरेन्स १५ बर्षमा प्रबेश, उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिवद्धता

    काठमाडौं- २०६५ जेष्ठ २२ गते देखि सञ्चालनमा आएको प्राइमलाइफ इन्स्योरेन्स कम्पनी आज १४ औं वर्ष पुरा गरी १५ औं वर्षमा प्रवेश गरेको छ । सो अवसरमा कम्पनीले संस्थागत सामाजिक उक्तरदायित्व अन्र्तगत सहयोग स्वरुप अति सिमान्तकृत बर्गमा पर्ने सिरहा जिल्ला सखुवा नन्करकट्टी गाउँ पालिका वडा नं १ (मैवाही) रोव स्थित घर संख्या २८ रहेको मुसहर जातीको समुदायका मुखिया महेन्द्र सदाय, मुखियालाई र सोहि गाउँपालिकाका लतियाही मधुवनी स्थित घर संख्या २५ रहेको मुसहर जातीको समुदायका मुखिया उत्तिमलाल सदाय, मुखियालाइ दुबै स्थानमा भाडा कुडा हस्तान्तरण गरेको हो ।

    जीवन बीमा क्षेत्रमा आफ्नो बिशेष पहिचान स्थापीत गरी सवल शुरुवात संगसंगै सबल संरचनायुक्त व्यवसायिक स्वरुप तथा संस्थागत सुशासन प्रणाली अवलम्बन गरी नेपालको उत्कृष्ट जीवन बीमा कम्पनीको रुपमा आफ्नो परिचय दिन कम्पनी सफल विश्वास लिइएको छ । कम्पनीले अझ उत्कृष्ट जीवन बीमा सेवा प्रदान गर्ने हौसला प्राप्त भएको र भविश्यमा थप बढि उत्तरदायी तथा व्यवसायिक भई जीवन बीमा व्यवसायलाई पारदर्शी बनाई देश विकासको महान कार्यमा योगदान गर्न कम्पनी सक्षम हुने विश्वास कम्पनीले लिएको छ ।

    कम्पनीको चूक्ता पूँजी २७८ करोड, जीवन बीमा कोष १७६३ करोड, कुल बीमाशुल्क २६०४ करोड, जारी गरेको कुल बीमालेख संख्या १,७५९,३४४ रुपैयाँ र लगानी १८.३४ करोड रुपैयाँ रहेको छ । कम्पनीले आव २०७२।०७३ मा २५ प्रतिशत, आव २०७३।०७४ मा १२.५० प्रतिशत, आव २०७४।०७५ मा १२.५० प्रतिशत, आव २०७५।०७६ मा १५ प्रतिशत, आव २०७६।०७७ मा १२.५० प्रतिशत र आव २०७७।०७८ मा १५ प्रतिशत लाभांश वितरण गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images