images
images
  • एमालेका २ उम्मेदवारसहित २१ नेता-कार्यकर्ताद्धारा पार्टी परित्याग

    काठमाडौं- स्थानीय तहको निर्वाचनमा अन्तरघात भएको भन्दै एमालेका २१ नेता कार्यकर्ताले पार्टी परित्याग गरेका छन् ।

    गत वैशाख ३० गते सम्पन्न चुनावमा सर्लाहीको हरिवन नगरपालिका १ का वडाध्यक्षका उम्मेदवार रामबहादुर क्याप्छाकी र २ का वडाध्यक्षका उम्मेदवार अर्जुन महतो कुशवाहासहित २१ जना नेता कार्यकर्ताले पार्टी छाडेका हुन्।

    निवर्तमान अध्यक्षसमेत रहेका दुवै जना यसपटकको निर्वाचनमा पराजित भएपछि अन्तरघातको आरोप लगाएका छन् ।

    uml

    प्रतिक्रिया दिनुहोस्
    images
    images