काठमाडौं- आज काठमाडौं उपत्यकासहित मुलुकका प्रायः भूभागमा मौसममा बदली भएको छ ।
मौसम विभागका अनुसार, हाल प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली भई प्रदेश १ को एक वा दुई स्थानहरुमा हल्का वर्षा भइरहेको छ ।
मुलुकका बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको विभागले जनाएको छ ।
हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेश देखि पूर्वी बंगलादेशसम्म पूर्व–पश्चिम फैलिएको न्यून चापीय रेखाको प्रभाव रहेको विभागको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्























