काठमाडौं । बलात्कार मुद्दामा हदम्याद हटाउन मागसहित संघीय संसद सचिवालयमा संकल्प प्रस्ताव दर्ता गरिएको छ ।
नेपाली कांग्रेसका सांसदहरू डा. डिला संग्रौला, सुजाता परियार, प्रमिला राई र रंगमती शाहीले प्रस्ताव दर्ता गराएका हुन् ।
प्रस्तावमा पीडितले उजुरी गर्न नसक्नुको भरपर्दो र मनासिक कारण देखाइ उजुर गर्न आएमा दर्ता गरी अनुसन्धान गर्न सक्ने गरी कानुन संशोधन गर्नुपर्ने उल्लेख छ ।
कानुन समयअनुसार परिवर्तनशील भएकाले समयअनुसार परिवर्तन गर्न सकिएन भने त्यस्तो कानुन न्यायोचित हुन नसक्ने प्रस्तावमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्























