काठमाडौं- यस वर्ष गणतन्त्र दिवसको अवसरमा ८३४ जना कैदीहरुले कैद सजायमा छुट पाउने भएका छन्।
विभिन्न कसुरमा दोषी ठहर भइ कैद सजाय भुक्ता भएका ८३४ जनालाई सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैद सजाय माफी दिन लागेकी हुन्।
नेपालको संविधानको धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७, फौजदारी कसुर (कैदकट्टा) नियमावली, २०७६ को नियम ३ तथा सर्वोच्च अदालतको आदेशहरूसमेतका आधारमा सरकारले विभिन्न अवसरमा कैदीहरुको कैद मिनाहाका लागि सिफारिस गर्ने गर्छ।
तोकिएको कैद सजाय भुक्तान गरेका तथा असल चालचलन भएका कैदीहरुको कैद छुट हुन लागेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ।
प्रतिक्रिया दिनुहोस्























