images
images
  • गोरू काट्दै गरेको अवस्थामा नौ जना पक्राउ

    काठमाडौं- म्याग्दीको मालिका गाउँपालिका–६ दुखु बेसीमा गोरू काट्दै गरेको अवस्थामा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा सोही गाउँपालिका–६ दुखुबेसी बस्ने ५२ वर्षीय राम रोका लगायत छन् । उनीहरुलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।

    इलाका प्रहरी कार्यालय दरबाङबाट खटिएको प्रहरीले उनीहरूलाई २ वटा गोरु काट्दै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

    घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images