काठमाडौं । बिहीबार सेयर कारोबार ८८ करोड ९८ लाखमा सिमित बनेको छ । बुधवार १ अर्ब ४ करोडको कारोबार भएको थियो । बैंकहरुमा तरलता संकट र बढ्दो ब्याजदरका कारण सेयर ओरालो लागेको हो । बिहीबार नेप्से परिसूचक भने ८ अंकले बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २२३९ अंकमा कायम भएको छ ।
बिहीबार मात्रै कुल १ सय ३ कम्पनीको मूल्य बढ्दा ७८ को घट्यो भने १२ को स्थिर देखिएको हो । नेप्से परिसूचक बैंकिङ १५, जीवन बीमा ८९, उत्पादन २७, माइक्रोफाइनान्स ४, निर्जीवन बीमा ७ र ब्यापार उपसमूह ७ अंकले बढेको छ । त्यस्तै, विकास बैंक ७, फाइनान्स ३, होटल तथा पर्यटन २०, जलविद्युत् ४ र अन्य उपसमूह १४ अंकले घटेको छ । मेगा बैंकको मूल्य १० प्रतिशतले बढेको छ ।
त्यस्तै, नारायणी डेभलपमेन्टको नेप्से परिसूचक ६ प्रतिशत बढेको देखिएको छ र गुराँस लघुवित्तको मूल्य सबैभन्दा धेरै ५ अंक घटेको छ । कारोबार रकमका आधारमा मेगा बैंक, अरुणकाबेली, नबिल बैंक, माथिल्लो तामाकोसी र जल्पा सामुदायिक लघुवित्त क्रमश अगाडि देहिएका छन् ।


विश्व खबर 




















