काठमाडौं – अछाममा एकजना नक्कली डाक्टर पक्राउ परेका छन् । आफुलाई एमबीबीएस डाक्टर भन्दै अनुचित फाइदा लिदै हिंडेका चक्रबहादुर विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको हो ।
मंगलसेन नगरपालिका वडा नम्बर २ मिस्तुर निवासी २९ वर्षका विश्वकर्माले आफु काठमाडौं स्थित वीर अस्पताल र शिक्षण अस्पतालमा न्यूरो सर्जनका रुपमा कार्यरत रहेको भनि नक्कली परिचयपत्र बनाएर अछामका सरकारी तथा गैरसरकारी निकायहरुमा विभिन्न अनुचित कार्यकालागि प्रस्ताव गर्दै हिंडेको थाहा पाएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।
विश्कर्माको साथबाट डाक्टर दीपक बिसीको नाममा रहेको नक्कली परिचयपत्र, दीपककै नाममा काटिएका सहयोग रसिद, बैंकका भौचर र हवाइजहाजको बोर्डिङ पास र चक्रबहादुर नामको मतदाता परिचयपत्र बरामद गरिएको प्रहरी नायव उपरीक्षक रविराज थपलियाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्





















