काठमाडौं- ललितपुरमा कांग्रेस र माओवाद केन्द्रबीच मात्र गठबन्धन भएको छ । ६ वटा स्थानीय तह रहेको ललितपुरमा चारवटा कांग्रेस र २ वटा माओवादी केन्द्रले पाएको छ । ललितपुरमा गठबन्धनको एकीकृत समाजवादी र जसपा समेटिएन ।
ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका, बागमती नगरपालिका र महांकाल गाउँपालिको प्रमुख कांग्रेसले पाएको छ । गोदावरी प्रमुख र उपप्रमुख दुवै कांग्रेसले पाएको छ ।
महालक्ष्मी नगरपालिका र कोन्ज्योसोम गाउँपालिका माओवादी र उप्रमुख कांग्रेसले पाएको छ ।
१.ललितपुर महानगरपालिका
प्रमुख : नेपाली कांग्रेस
उपप्रमुख : नेकपा माओवादी केन्द्र
२.गोदावरी नगरपालिका
प्रमुखः नेपाली काग्रेस
उपप्रमुखः नेपाली काग्रेस
३.महालक्ष्मी नगरपालिका
प्रमुखः नेकपा माओवादी केन्द्र
उपप्रमुखः नेपाली काग्रेस
४.कोन्ज्योसोम गाउँपालिका
अध्यक्ष : नेकपा माओवादी केन्द्र
उपाध्यक्षः नेपाली कांग्रेस
५.बागमती गाउँपालिका
अध्यक्षः नेपाली कांग्रेस
उपाध्यक्षः नेकपा माओवादी केन्द्र
६.महांकाल गाउँपालिका
अध्यक्षः नेपाली कांग्रेस
उपाध्यक्ष. नेकपा माओवादी केन्द्र


विश्व खबर 


















