काठमाडौं- सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ३०० ले बढेर एक लाख ९ सय पुगेको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु एक लाख ६०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ४ सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला एक लाख १ सय थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँचले घटेर एक हजार ३८० मा आएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९५२ डलर आसपास कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















