काठमाडौं – मुक्तिनाथ विकास बैंकका ग्राहकले केजीएच ग्रुप अफ होटल एण्ड रिसोर्टअन्तर्गतका होटल तथा रिसोर्टमा विभिन्न सेवामा ३० प्रतिशतसम्म छुट पाउने भएका छन् ।
बैंक र केजीएच ग्रुप अफ होटल एण्ड रिसोर्टबीच ग्राहकलाई होटल तथा रिसोर्टका सेवामा विशेष छुट उपलब्ध गराउनेसम्बन्धी व्यावसायिक सम्झौता भएको हो ।
सम्झौताअनुसार बैंकका ग्राहकले काठमाडौंस्थित माया मनोर बुटिक होटल, पोखरास्थित वाटरफ्रन्ट रिसोर्ट र हिमालयन फ्रन्ट रिसोर्टमा उपलब्ध विभिन्न सेवामा १० देखि ३० प्रतिशतसम्म छुट पाउनेछन् ।
त्यस्तै, १० जनाभन्दा बढीको समूहमा बुकिङ गर्दा एक जनाका लागि बस्ने सुविधा निःशुल्क उपलब्ध गराइने बैंकले जनाएको छ ।
डेबिट कार्ड वा मोबाइल बैंकिङबाट भुक्तानी
उक्त छुट तथा सुविधा लिन बैंकका ग्राहकले मुक्तिनाथ विकास बैंकको मान्य डेबिट कार्ड वा प्रिभिलेज कार्ड प्रस्तुत गर्नुपर्नेछ । वैकल्पिक रूपमा बैंकको मोबाइल बैंकिङमार्फत भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ ।
बैंकका अनुसार सम्झौताको उद्देश्य ग्राहकलाई होटल तथा रिसोर्टका सेवामा थप सुविधा उपलब्ध गराउनु हो ।
यसैबीच, मुक्तिनाथ विकास बैंकले आधारदरमा शून्य प्रतिशत प्रिमियममा समेत लगानी गर्न सकिने नयाँ कर्जा योजना सञ्चालनमा ल्याएको जनाएको छ ।


विश्व खबर 



















