काठमाडौं। बुधबार अमेरिकी डलरको भाउ बढेको छ। नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्दै अमेरिकी डलर एकको खरिद दर अधिकतम १२२ रुपैयाँ १२ पैसा र बिक्री दर १२२ रुपैयाँ ७२ पैसा कायम गरेको हो। मङ्गलबार अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ ७२ पैसा र बिक्री दर १२२ रुपैयाँ ३२ पैसा रहेको थियो।
त्यस्तै, युरोपियन यूरो एकको खरिद दर १३१ रुपैयाँ ८२ पैसा र बिक्री दर १३२ रुपैयाँ ४६ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५९ पैयाँ र बिक्री दर १५९ रुपैयाँ ७८ पैसा छ। राष्ट्र बैंकले स्वीस फ्रेङ्क एकको खरिद दर १२८ रुपैयाँ ९३ पैसा छ भने बिक्री दर १२९ रुपैयाँ ५७ रहेको जनाएको छ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ ९९ पैसा र बिक्री दर ९० रुपैयाँ ४३ पैसा छ। क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ९४ पैसा रहेको छ भने बिक्री दर ९७ रुपैयाँ ४६ पैसा छ। जापानी येन १० को खरिद दर नेपाली ९ रुपैयाँ ५२ पैसा र बिक्री दर ९ रुपैयाँ ५७ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ १३ पैसा र बिक्री दर १९ रुपैयाँ २३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैयाँ ५७ पैसा र बिक्री दर ३२ रुपैयाँ ७३ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ ४२ पैसा र बिक्री दर ३३ रुपैयाँ ५९ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।


विश्व खबर 




















