images
images
  • सुनको मूल्य प्रतितोलामा ४०० ले घट्यो, यस्तो छ आजको बजारमूल्य

    काठमाडौं- सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ४०० ले घटेर एक लाख दुई हजार १०० पुगेकोे छ ।अघिल्लो दिन उक्त सुन प्रतितोला एक लाख २ हजार ५०० मा कारोबार भएको थियो ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख एक हजार ६०० तोकिएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला १ लाख २ हजार थियो ।

    त्यस्तै आज चाँदी अघिल्लो कारोबारको मूल्यमै स्थिर रही प्रतितोला एक हजार ४२० कायम रहेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९७४ डलर आसपास कारोबार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images