काठमाडौं- सुनको भाउ मंगलबार ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको १ लाख ९ सय रुपैयाँ कायम भएको छ ।
यसअघि, सोमबार सुन तोलाको १ लाख १ सय रुपैयाँमा कारोबार भएको थियो ।
मंगलबार तेजावी सुनको भाउ तोलाको १ लाख ४ सय निर्धारण भएको छ । चाँदीको भाउ पनि १५ रुपैयाँले बढेको छ । सोमबार १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार १ हजार तीन सय ८० रुपैयाँ निर्धारण भएको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















