images
images
  • मेगा बैंकको सीईओबाट राजीनामा दिदैं अनुपमा खुञ्जेलीले भनिन्-‘१२ बर्ष काम गरें, एउटा अध्याय सक्किएजस्तो लाग्यो’

    काठमाडौं-मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनुपमा खुञ्जेलीले पदबाट राजीनामा दिएकी छिन् । सञ्चालक समितिले राजीनामा दिएर मार्गप्रशस्त गरिदिन आग्रह गरेकोले राजीनामा दिएको बताएपनि उनले त्यो कुरा भने स्वीकार गरिनन् ।सञ्चालक समितिसँग मनमुटाव सुरु भएपछि काम गर्न नसकिने निस्कर्ष निकाल्दै खुञ्जेलीले राजीनामा दिएकी हुन् ।

    उनले आफूले राजीनामा दिएर विदामा बसेको बताइन् । खुञ्जेलीले भनिन्, ‘मैले यो बैंकमा काम गरेको पनि १२ बर्ष भयो । आफूले दिनुपर्ने जति दिइहालियो । बैंकपनि २५औं बैंकबाट १२औं बैंकमा छ प्रोफिटमा । एउटा अध्याय सक्किएजस्तो लाग्यो मलाई ।’

    सिईओ अनुपमा खुञ्जेलीले आफूले गर्नुपर्ने सबै गरिसके जस्तो लागेकाले पनि राजीनामा दिनु ठिक ठानेको बताइन् । उनले सञ्चालक समितिका सदस्यहरुसँग कुनै विवाद नरहेको र सबै आफूसँग खुशी रहेको बताउँदै आफूले राजीनामा दिएपछि ‘तपाईंलाई औंल्याउने कुनै ठाउँ छैन’ भनेर सञ्चालक समितिका सदस्यहरुले बताएको सुनाइन् आफ्नो पनि सञ्चालक समितिसँग कुनै गुनासो नगेको खुञ्जेलीको भनाई थियो । यद्धपी नेपालको बैंकिङ इतिहासमा पहिलो महिला बैंकर बन्न सफल खुञ्जेलीले दिएको राजीनामा सञ्चालक समितिबाट स्वीकृत हुन भने बाँकी छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images