images
images
  • इन्धनको मूल्यवृद्धि: पेट्रोलको मूल्य प्रतिलिटर १६० रुपैयाँ, ग्यासको मूल्य पनि बढ्यो

    काठमाडौं- नेपाल आयल निगमले इन्धनको मूल्य पुनः वृद्धि गरेको छ ।

    गए राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर पाँच रुपैयाँको दरले मूल्य बढाएको छ ।

    अब पेट्रोलको मूल्य प्रतिलिटर १६० रुपैयाँ पुगेको छ । डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १४३ रुपैयाँ पुगेको निगमले जनाएको छ ।

    निगमले खाना पकाउने ग्यासको मूल्य पनि बढाएको छ । प्रतिसिलिन्डर १५ सय ७५ रुपैयाँ रहेको खाना पकाउने ग्यासको मूल्य २५ रुपैयाँ बढाएर प्रतिसिलिन्डर १६ सय रुपैयाँ पुर्‍याइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images